Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिद्धार्थ बैंकको लाभांश घोषणा


    बुधबार, मंसिर २१ २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सिद्धार्थ बैंकले २०७८/०७९ वर्षको मुनाफाबाट १३.१६ लाभांश दिने घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले १२.५० बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ नगद गरी कुल १३.१६ लाभांश दिने निर्णय गरेको हो ।

    नेपाल राष्ट्र बैंक र सिद्धार्थ बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने बैंकले जनाएको छ । 

    १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ बैंकले हाल कायम चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले अघिल्लो वर्ष १४.२५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ नगद लाभांश  वितरण गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार