उठिबासको त्रास कहिलेसम्म भन्दै माइतीघरमा सुकुम्बासीले गरे प्रदर्शन
सोमबार, मंसिर १९ २०७९
565
Shares
१ मिनेट पाठ
565
सेयर
काठमाडौं । काठमाडौं महानगरले सकुम्बासी र भूमिहीन व्यवस्थापनका लागि गरेको सहमति कार्यान्वयन नगरी दमन गर्न खोजेको भन्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । गत सोमबार दिउँसो काठमाडौं महानगरपालिकाको टोली डोजरसहित थापाथलीको सुकुम्बासी बस्तीमा पसेपछि स्थानीयले ढुंगामुढा समेत गरेका थिए।
सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले विना विकल्प उठिबास गराउन नपाइने भन्दै प्रदर्शन गरेका हुन् । संयुक्त सुकुम्बासी मोर्चाले वर्षाैंदेखि आफूहरु बस्दै आएको जमिनको लालपूर्जा दिन सरकारसँग माग पनि गरेका छन्। प्रदर्शनकारीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाउन खोज्दा आक्रमण गर्नेहरुमाथि महानगरले दिएको जाहेरी फिर्ता लिन पनि माग गरेका छन् ।
उचित बिकल्पविना नै आफूहरुलाई उठिबास लगाउन खोजिएको भन्दै बाग्मती किनारका सुकुम्वासीहरुले सरकारविरुद्ध पटक पटक विरोध गरेका छन्।