काठमाडौं । धनुषाको जनकपुरधाममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल प्रदेश २ मातहत रहेको कोरोना कोभिड–१९ विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको हो ।
मृतक धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुष रहेका छन् ।मृतक गत साउन ८ गते देखि आइसोलेसन कक्षमा भर्ना भएका थिए । संक्रमितलाई लामो समयदेखि अत्यधिक ज्वारो आइरहेको अस्पतालका डा . जामुन सिंहले जानकारी दिए ।यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।