Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  चिनियाँ अन्तरिक्ष यात्री ६ महिना अन्तरिक्षमा बसेर पुन: पृथ्वीमा फर्किए


    सोमबार, मंसिर १९ २०७९
    695
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। चिनियाँ अन्तरिक्ष  यात्रुहरुको टोली अन्तरिक्षमा बन्दै गरेको चीनको स्पेस स्टेसनको निर्माणको अन्तिम चरण प्रक्रियालाई अवलोकन गरेर ६ महिनापछि पुन: पृथ्वीमा फर्किएका छन्। 

    नोभेम्बरमा तिङगंग स्पेस स्टेशनको निर्माण कार्य सकिएको थियो। अन्तरिक्ष यात्रीहरुको टोली हिजो आइतबार मंगोलियामा अवतरण गरेका हुन्। चीनको स्पेस एजेन्सीले मिसन पूर्ण सफल भएको जनाएको छ।

    पृथ्वीमा अवतरण गरेपछि अन्तरिक्षबाट फर्किएका कमान्डर चेन डोङ र टोलीमा रहेका लिउ याङ र सिया जुछेले आफूहरुले निकै राम्रो महसुस गरिरहेको बताएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार