काठमाडौं । डोल्पामा एक जना १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको ठूलीभेरी नगरपालिका–५ का २६ वर्षीय कुमार बुढालाई हिजो शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
गएको बुधबार बुढाले ती बालिकालाई स्थानीय लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीचौकी माझफालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।