काठमाडौं। आज साताको पहिलो कारोबार दिन आइतबार सुन-चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार १ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।