Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घुस लिएको अभियोगमा मुद्दा


    सोमबार, साउन २६ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीपुर गाउँपालिका कैलालीका नायब सुब्बा सिद्धराज जोशीलाई घुस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    सिलाइकटाइ तालिम, सैलनु र चुरा बनाउने तालिम दिइ सफलतापूर्वक सम्पन्न गरी चेक भुक्तानी गरेपछि सेवाग्राहीसँग घुस माग गर्दै गरेको भन्ने सूचनाका आधारमा कञ्चनपुरबाट गएको आयोगको टोलीले जोशीलाई केही दिन पहिले पक्राउ गरेको थियो । आरोपी जोशी सेवाग्रहीसँग रु ८५ हजार घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार जोशीविरुद्ध बिगो असुल गरी कारवाहीको माग गर्दै आज मुद्दा दायर गरिएको हो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार