Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फिफा विश्वकप: आज उरुग्वे र घाना भिड्दै


    शुक्रबार, मंसिर १६ २०७९
    535
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। कतारको राजधानी दोहामा जारी २२औं संस्करणको फिफा विश्वकप २०२२ मा आज (शुक्रबार) उरुग्वेले घानासँग प्रतिस्पर्धा गर्ने छ। आज समूह ‘एच’का खेलहरू हुँदैछन्।  यी दुवै आज अन्तिम खेलमा जित निकाल्दै अन्तिम १६ मा पुग्ने दाउमा हुनेछन्।

    नेपाली समयअनुसार राति ८ः४५ बजे यो खेल सुरु हुनेछ । यो खेल अल जानौव रंगशालामा हुनेछ। यही समयमा पोर्चुगल र दक्षिण कोरियाबीच पनि भिडन्त  हुनेछ ।

    यसअघि नै यो समूहबाट पोर्चुगल दुई खेल जितेर ६ अंकका साथ अन्तिम १६ मा प्रवेश गरिसकेको छ। दक्षिण कोरियाले भने एक खेलमा बराबरी र अर्कोमा हारसहित तेस्रो स्थानमा छ।

    यस खेलमा उरुग्वेलाई हराए घाना अन्तिम १६ मा पुग्नेछ । पराजित भएमा बाहिरिनेछ । बराबरीको नतिजामा अघि बढ्ने सम्भावना रहँदा अर्काे खेलमा दक्षिण कोरियाले अंक गुमाउनुपर्नेछ ।

    यसअघि सन् २०१० को विश्वकपमा उरुग्वेका लुइस सुवारेजले हातले बललाई रोक्दै घानालाई सेमिफाइनल प्रवेश गर्न रोकेका थिए। यो घटना विश्वकपकै चर्चित र विवादास्पद मानिन्छ। त्यसैले आज यी दुई टोलीबीच रोचक भिडन्त हुने अनुमान गरिएको छ। घाना र उरुग्वेको पहिलो र पछिल्लो भेट त्यही सन् २०१० को विश्वकप नै हो ।

    यस्तै आज राति १२:४५ मा पनि दुई खेल हुँदैछन्। सर्बिया र स्विट्जरल्याण्ड तथा क्यामरून र ब्राजिलबीच प्रतिस्पर्धा हुँदैछ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार