Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कपिलवस्तुमा एक भारतीय नागरिकमाथि गोली चलाइयो 


    शुक्रबार, मंसिर १६ २०७९
    520
    Shares
  • १ मिनेट पाठ
  • रुपन्देही । कपिलवस्तुको मायादेवी गाउँपालिका ४ चाकरचौडामा एक अपरिचित व्यक्तिले भारतीय नागरिकमाथि गोली प्रहार गरेका छन् । उक्त क्षेत्रमा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खान माथि दुई गोली चलाइएको एक स्थानीले बताए। 

    चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी स्रोतले जानकारी दिएको छ  । गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पु¥याइएको प्रहरीको भनाई छ। 

    गोली हान्ने व्यक्ति को हुन् अहिलेसम्म पहिचान खुलेको छैन । भारतीय प्रहरीसँगको समन्वयमा गोली हान्ने व्यक्तिको खोजी र अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार