काठमडौं । आज साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामै एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबारको तुलनामा आज शुक्रबार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले बढेको हो । बिहीबार सुनको भाउ तोलामै ५ सय रुपैयाँले बढेको थियो।
बिहीबार प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामै १ हजारले बढेर ९९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तेजाबी सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९७ हजार ८०० रुपौयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ४० रुपैयाँले बढेको चाँदी आज प्रतितोला १५ रूपयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँमा करोबार भएको छ । त्यस्तै हिजो प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।