Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्यो


    सोमबार, साउन २६ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कर्णाली  ।  कर्णालीमा कोभिड– १९ सङ्क्रमितको सङ्ख्या दुई हजार तीन पुगेको छ । पछिल्लो चौबिस घण्टामा थप २४ जनाको पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको हो ।

    सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १७, प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका छ र सुर्खेतका एक गरी २४ जनामा सङ्क्रमण पहिचान भएको हो । त्यस्तै कोरोना निको भई आइसोलेशनबाट डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८८० पुगेको छ । हाल कर्णालीमा ११७ जनामात्र कोरोनाका सक्रिय बिरामी रहेका छन् भने छ जनाको मृत्यु भइसकेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार