Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राखेपका पूर्व सदस्य सचिव सिंहको निधन


    बिहिबार, मंसिर १५ २०७९
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको निधन भएको छ ।

    गए राति एक्कासी स्वास्थ्यामा समस्या देखिएपछि उपचारका लागि थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा उहाँको बिहीबार दिउँसो १२:३० बजे निधन भएको बताइएको छ ।  सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ ।

    सिंह २०५९ देखि २०६३ सम्म राखेपको सदस्य सचिव भएका थिए । ब्याडमिन्टनका पूर्व खेलाडी समेत रहेका सिंह ६ पटक राष्ट्रिय च्याम्पियन भएका थिए ।  सिंह नेपाल ब्याडमिन्टन संघको अध्यक्षसमेत भएका थिए ।

    स्वर्गीय सिंहको पार्थिव शरीरलाई बिहीबार नर्भिक अस्पतालमै राखिने र भोलि (शुक्रबार) उनकी छोरी लन्डनबाट स्वदेश फर्किएपछि टाँहाचल स्थित घरमा लगेपछि शुक्रबार नै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय सिंहको श्रीमती र एक छोरी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार