Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पार्किङ माग गर्दै बागबजार क्षेत्रका व्यवसायी सडकमा उत्रिए


    बिहिबार, मंसिर १५ २०७९
    625
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक किनारमा पार्किङ गर्न नदिएको भन्दै बागबजार क्षेत्रका व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

    महानगरको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि उनीहरुले आक्रोश पोखेका हुन्। 

    महानगरले विकल्प नदिई सडक किनारमा पार्किङ गर्न रोक लगाउनु उचित नभएको र यसको विषयमा ठोस व्यवस्था गर्नु पर्ने भन्दै व्यवसायीहरु सडकमा आएको एक  व्यवसायीले बताए  ।

    यसै क्रममा आन्दोलनमा सहभागी एक व्यापारीले भने, ‘हामी घरबहाल कर तिर्छौं, व्यवासाय कर तिर्छौं, तर हाम्रो सवारी साधन कहाँ राख्ने ?’ उनीहरूले पार्किङ माग गर्दै बागबजार क्षेत्रका  पसलहरुसमेत बन्द गराएका छन् ।

    सडक किनारमा पार्किङ गर्न नपाए आफूहरु व्यवसाय छाड्ने अवस्था आउने उनीहरुको भनाइ छ ।Bagbazar-andolan-parking-1.jpg

    parking-Byabasayi-protest-at-bagbajar.jpg
    undefined

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार