Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • प्रधानन्यायाधीशको भूमिकामा बारको असन्तुष्टि


    सोमबार, साउन २६ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकामा असन्तुष्टि जनाएको छ । प्रधानन्यायाधीशका कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको समेत बारले ठहर गरेको छ ।

    बारले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रधानन्यायाधीशले न्याय सम्पादनमा व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको जानकारी दिएको हो । 

    उनले २०७५ सालमा बहाली हुँदा न्यायपालिका भित्रको विसंगति विकृति हटाउन नेतृत्व गर्ने भन्ने भएपनि अहिले व्यवहारमा त्यस्तो नदेखिएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । न्याय सम्पादनमा भएका विकृति विसंगति हटाउनुपर्ने भन्दै बारले प्रधानन्यायाधीश समक्ष विभिन्न १७ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

    बारले एक महिना भित्रै विद्युतीय स्वचालित प्रणाली मार्फत पेशी तोक्ने व्यवस्था गर्न, न्यायाधीश नियुक्तिको सम्बन्धमा न्याय परिषद् ऐन २०७३ को दफा ४ को व्यवस्था कार्यान्वयन गर्न र बारले सुझाव दिए अनुसार एक बराबर तीनको रोष्टर बनाई सार्वजनिक गर्न माग गरेको छ ।

    यस्तै अदालतमा नियुक्त भएका केही न्यायाधीशहरुमा पदानुकुलको अनुभव तथा ज्ञानको अभाव रहेको गुनासो आएकाले त्यस्तालाई पहिचान गरी न्याय परिषदमा हाजिर गराई प्रशिक्षण, तालिम र अध्ययनको उचित व्यवस्था गर्न माग गरेको छ । 

    न्याय क्षेत्र भित्रका विसंगती, विकृति, बिचौलिया र भ्रष्टाचार नियन्त्रण गर्न बारको प्रतिनिधि सम्मिलित विशेष संयन्त्र गठन गर्न समेत बारले माग गरेको छ । वरिष्ठ अधिवक्ताको उपाधी आफुखुसी वितरण नगर्न समेत माग गरेको छ । यस्तै न्यायाधीश र नेपाल बार एशोसिएशनको पदाधिकारीको सम्पत्ति पारदर्शी रुपमा छानविन गरि सार्वजनिक गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ ।

    अदालतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रभावलाई नियन्त्रण गर्न समेत बार एशोसिएशनले माग गरेको छ । 

    १.jpg

     

    २.jpg

     

    ३.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार