काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको दाबी गरेका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा अधिकारीले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान नभएको बताए ।
बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने बताए । “समस्या समाधानका लागि हामी खुला छौँ”, उनले भने, “केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ ।” गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष ६ अर्ब बचत रहेको पुष्टि गरे।