काठमाडौं। सत्ता गठबन्धन दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।
बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा काठमाडाैँमा आयोजित एक कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।
‘हाम्रो मिश्रित अर्थतन्त्र भएकाले एकैपटक सङ्कटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन । जेजति चुनौती छन् त्यसका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ,’ उनले भने ।
“मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन”, उनले भने, “अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ।” अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उनको भनाइ छ।