Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु


    सोमबार, साउन २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका दुई जना, बाँकेका एकजना र पर्साका एकजना रहेका छन् । 

    बाँके कोहलपुर नगरपालिका -२ बस्‍ने ७० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा साउन २५ गते मृत्यु भएको छ ।  त्यसैगरी पर्साको बेदियानी गाउँपालिका-१५ बस्‍ने ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी कोभिड अस्थायी अस्पतालमा निधन भएको छ । 

    काठमाडौं महानगरपालिका मध्य बानेश्वर बस्‍ने ७६ वर्षीय पुरुषको साउन २६ गते मृत्यु भएको छ । उनको मेडिकेयर अस्पतालमा निधन भएको हो ।

    काठमाडौंको कीर्तिपुर नगरपालिका ट्यांलाफाँट बस्ने ७७ वर्षीय पुरुषको साउन २६ गते मृत्यु भएको हो । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार