Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम कति ?


    बुधबार, मंसिर १४ २०७९
    690
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। साताको चौथो कारोबार दिन बुधबार नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज बुधबार भने तीन दशमलव ५१ अंकले घटेर १९ सय ४९ दशमलव ८५ अंकमा खुम्चिएको छ । 

    यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ पनि शुन्य दशमलव ८५ अंकले घटेर तीन सय ८१ दशमलव ८४ अंकमा खुम्चिएको छ । दुई सय ३८ वटा कम्पनीहरुको १५ हजार छ सय ९१ पटकको कारोबारमा आज २३ लाख ५५ हजार आठ सय ४५ कित्ता सेयर किनबेच भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम ८४ करोड २६ लाख ९५ हजार तीन सय एक रुपैंयाँ कायम भएको छ । 

    यस्तै, नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये लघुवित्त र टे«डिङ समुहको सुचक बढेपनि बाँणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, निर्जिवन बीमा, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन सहितका ११ वटा समुहहरुको सुचक भने घटेका छन् । 

    आज ग्रिन लाईफ हाईड्रो पावर कम्पनी, खप्तड लघुवित्त वित्तीय संस्था, कुमारी धनबृद्धि योजना आदिले कमाएका छन् भने लक्ष्मी इक्विटी फण्ड, बलेफी हाईड्रो पावर कम्पनी आदिले गुमाएका छन् । 

    यता आज बढी रकम कारोबार हिमालयन डिष्ट्रिलरी प्राली, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, नबिल बैंक आदिको भएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार