काठमाडौं। ईपीएस प्रणाली अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको ईपीएस कोरिया शाखा ग्वार्को ललितपुरले सोमबार एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन फारम खुलेको जानकारी दिएको हो।
श्रम मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीचको समझदारी अनुसार कोरिया जान नेपाली नागरिकलाई भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो । भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि माघ २७ गतेसम्म हुने छ ।
दोस्रो चरणको परीक्षा फागुन १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ । त्यसैगरी सीप परीक्षणको परीक्षा फागुन ३ देखि ५ गतेसम्म र दोस्रो चरण चैत १ गतेदेखि ३ गतेसम्म हुने ईपीएस कोरिया शाखा ग्वार्कोले जनाएको छ ।
इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले बताएको छ।