Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन महिनापछि भारतले चामल निर्यातको प्रतिबन्ध हटायो


    बुधबार, मंसिर १४ २०७९
    770
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । भारत सरकारले तीन महिनापछि चामल निर्यातमाथि लगाएको प्रतिबन्ध हटाएको छ । विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले हिजो मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात हटेको जानकारी दिएको हो। 

    सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । 

    वैदेशिक व्यापार नियमन एवम्  प्रवद्र्धनमा संलग्न उक्त निकायले  त्यसबेला स्वदेशी आपूर्ति बढाउन मसिना चामलबाहेक गैर–बासमती जातका चामलमा २० प्रतिशत निर्यात शुल्कसमेत लगाएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार