Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरी ट्रकमा आत्मघाती हमला हुँदा ३ जनाको मृत्यु, २३ जना घाइते 


    बुधबार, मंसिर १४ २०७९
    1.7K
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। बुधबार बिहान पश्चिमी पाकिस्तानमा एक आत्मघाती बम आक्रमणकारीले प्रहरी ट्रकलाई लक्षित गरि हमला गर्दा तीन जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् ।

    क्वेटा सहरमा पोलियो खोप लगाउने तयारीमा रहेको प्रहरी टोलीलाई लक्षित गरी विस्फोट भएको वरिष्ठ प्रहरी अधिकारी अजहर मेहेसरले एएफपीलाई बताए । मारिनेमा एक प्रहरी, एक महिला र एक बालक छन् ।

    पाकिस्तानमा यसअघि पनि पोलियो अभियानलाई त्यहाँका विद्रोहीले बारम्बार हस्तक्षेप गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार