काठमाडौं । काठमाडौंको बिजुलीबजारमा आज बिहान जिप र मोटरसाइकल आपसमा ठोक्किंदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक काठमाडौंको बसन्तपुर बस्ने २६ वर्षीय विवेक डंगोल घाइते भएका हुन् । उनको उपचार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
आज बिहान पौने ६ बजे बा ६ ४ ३४२९ नम्बरको बोलेरो जिप र बागमती प्रदेश ०२ ०२२ प ७०७६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।