Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३ अंकले बढ्याे नेप्से, कारोबार रकम कति ?


    मंगलबार, मंसिर १३ २०७९
    775
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । आज साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक उकालो लागेको छ । आज नेप्से परिसुचकमा ०.१५ प्रतिशत अर्थात करिब तीन अ‌ंकले उकालो लागेको हो । सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा रोकिएके थियोभने सोही दिन करिब साढे एक अर्बको सेयर कारोबार भएको थियो ।

    आज मंगलबार २५ लाख ८९ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाखभन्दा बढीको कारोबार  हुँदै १९५३.३५ अंकमा बन्द भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । यस्तै, १९६ कम्पनीहरुको कारोबार हुँदा १२० कम्पनीमा वृद्धि भएको छ । ६७ कम्पनी घाटामा गएको र नौ कम्पनी स्थिर रहेको रहेको छ ।

    धौलागिरी लघुवित्त वित्तिय संस्था १५.३०, एनसिसि बैंक ८.९९ अंकले वृद्धि भएको छ । हिमालयन डिस्टिलरी ९ करोड ७२ लाख ७५ हजार ३८२ रुपैयाँको कारोबार भएको र नबिल बैंककाे भने ४ करोड ३१ लाख ६१ हजार ८९२ रुपैयाँको कारोबार भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार