काठमाडौँ। चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले आज मंगलबारदेखि नेपालमा पुनः उडान सुरू गरेको छ। कम्पनीले एक वर्षपछि यो रुटमा पुनः उडान सुरु गरेको हो।
एयरलाइन्सले ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान थालेको हो। यससँगै एयरलाइन्सले अब हरेक मंगलबार सातामा एक उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यससँगै हाल एयर चाइना र हिमालय एयरलाइन्सले नेपाल–चीन–नेपाल उडान गरिरहेका छन्।