Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डले भने- सुशासन र विकासबाट जनतामा भ्रम छर्ने प्रवृतिकाे अन्त्य गर्ने 


    मंगलबार, मंसिर १३ २०७९
    705
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्ने बताएका छन्। 

    ललितपुरको खुमलटारमा मंगलबार बिहान गोरखा–काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रलाई एकता, समृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा हो। त्यहाँको जनताको भरोसा र विश्वासको र बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ र राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टी र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ।’

    उनले जनतामा छर्ने गरिएको भ्रमलाई चिर्न सुशासन कायम गर्दै देशको विकास र समृद्धि गर्नुपर्नेमा जोड दिए । 

    गोरखाका जनताको भरोसा र विश्वासको बलमा आफूले राष्ट्रिय एकता र सुशासन कायम गर्दै देशको समृद्धि र विकास गर्न सकिने बताएका प्रचण्डले आगामी पाँच वर्षमा गोरखाली जनताले महसुस गर्नेगरी विकास गरिने प्रतिबद्धता जनाए ।
     
    प्रचण्डले देशको अबको आवश्यकता भनेकै विकास र सुशासन रहेको दाबी गरेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार