Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘न्याय चाहियो’ भन्दै सर्वोच्चको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गर्ने दुई नारी पक्राउ


    मंगलबार, मंसिर १३ २०७९
    680
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आफ्नै श्रीमानबाट हिंसामा परेको र आफुलाई ‘न्याय चाहियो’ भन्दै सर्वोच्च अदालतको गेटमा सेता लुगामा आएकी दुईजना युवतीले रातो रंग छ्यापेर प्रदर्शन गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । ‘न्याय चाहियो’ भन्दै रंग फालेर विरोध गर्ने सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझालाई प्रहरीले नियन्त्रणमा लिइएको जनाईएको छ। 

    यसअघि बिनुले रामेछाप जिल्ला अदालतको इजलासमा विष सेवन गरेर आत्महत्या प्रयास समेत गरेकी थिइन् । पतिविरुद्ध उनले दायर गरेको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधिन छ ।

     बिनुले काका ससूरा पवन कठायतले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी छन् । यादवको उजुरीमा प्रहरीले कठायतलाई पक्राउ गरे पनि पछि रिहा गरेको थियो ।arrest2_WZdD06hDTp.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार