Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोटेश्वरमा यसरी फैलियो कोरोना


    सोमबार, साउन २६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लोसमय काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्‍वात्तै बढेको छ । काठमाडौंका कतिपय क्षेत्रमा कोरोना डढेलोको रुपमा फेलिएको पाइएको छ । 

    कोटेश्वरस्थित असर्फी टोलमा भने डढेलो झैं कोरोना फैलिएको पाइएको छ । गत साउन १८ मा सो टोलका किराना पसल सञ्चालकमा चार जनामा कोरोना पुष्टि भएको थियो ।  उनीहरुमा कोरोना देखिएसँगै  आसपासका घरमा बस्नेको स्वाब संकलन गरी परीक्षण गर्दा थप १३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

    योसँगै सो टोललाई नै सिल गरिएको छ । कन्ट्याक्ट ट्रेसिङ गर्दा अन्यमा जुन अनुपातमा संक्रमण देखिएको छ, त्यसलाई भयावह भनिएको छ । 

    आइतबार सो टोलका १३ जनामा कोरोना पुष्टि भएको थियो । तीमध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ। तीन जनालाई भने उनीहरूकै घरमा आइसोलेसनमा राखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार