महेन्द्रनगर, ८ चैत । नेपालमा कोरोना भाइरस संक्रमण अहिलेसम्म देखिएको छैन तर भारतमा कोरोना भाइरसको संक्रमण फैलन थालेपछि रोजगारीमा गएका नेपालीहरु पश्चिमी नाका गड्डाचौकी हुँदै भित्रिने क्रम बढेको छ ।
अहिले गड्डाचौकी नाका हुँदै भारतबाट नेपाल आउनेहरुको भिड थामिनसक्नु गरी बढेको छ । सीमा नाकामा कोरोना जाँचका लागि हेल्थ डेस्क स्थापना गरिएको छ । तर, उपकरण अभावका कारण सर्वसाधरणले घण्टौंसम्म लाइनमा बस्नु पर्ने वाध्यता देखिएको छ ।
भारतमा काम गरिरहेका बझाङका हरिप्रसाद बोहरा घर फर्कंनका लागि शनिबार बिहान ६ बजेतिर पश्चिमी नाका गड्डाचौकी आइपुगेका थिए । सीमा नाकामा राखिएको हेल्थ डेक्समा स्वास्थ्य जाँचपछि मात्रै नेपाल छिर्न पाइने भएकाले उनी लाइनमा बसे । ११ बजेसम्म पनि उनको पालो आएको थिएन । घर आउँदा बोकेर ल्याएका सामानसहित उनी र उनका साथीहरु झण्डै ६ घण्टा लाइनमा बसे स्वास्थ्य जाँचका लागि ।
उनी जस्तै भारतबाट स्वदेश फर्किरहेका मानिसहरुको लर्को थियो नाकामा नाकामा । भारतमा कोरोना भाइरस संक्रमण फैलिँदै गएपछि नेपाल फर्कनेको भिड बढेको हो ।
गड्डाचौकी सुदूरपश्चिम प्रदेश भित्रने प्रमुख नाका हो । भारतबाट फर्कनेहरुसँगै संक्रमण भित्रिने आशंकामा गड्डाचौकी नाकामा सुदूरपश्चिम प्रदेश सरकार र भीमदत्त नगरपालिकाले गत फागुन २३ गते ‘हेल्थ डेस्क’ स्थापना गरेको छ । यताबाट आउनेलाई ‘हेल्थ डेस्क’ मा चेकजाँच गरेर मात्र नेपाल भित्र्याउनने गरिँदै आएको छ । शनिबार पनि यस्तै गरिँदै थियो । तर, हेल्थ डेस्कमा रहेका उपकरण र स्वास्थयकर्मीले त्यहाँ लामबद्ध भिडलाई चेकजाँच गर्न नभ्याएपछि लाइन लम्बियो ।
डेस्कमा दुई वटा मात्रै थर्मोमिटर भएका कारण चेकजाँचमा ढिलाइ भएको हो । ६–७ घण्टा पालो कुर्दा समेत कोरोना जाँच नभएपछि धेरैले लाइन छोडेर घर फर्किएको प्रत्यक्षदर्शी बताउँछन् । गड्डाचौकीबाट भित्रिएका दुई जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिको छ ।
सात घण्टामै भारतबाट भित्रिए साढे ११ हजार नेपाली
पश्चिमी नाका गड्डाचौकी भएर नेपाल भित्रिनेहरुको संख्या पछिल्लो समय दिन प्रतिदिन बढ्दै गएको छ । शनिबार १२ बजेसम्म मात्रै साढे ११ हजारभन्दा बढी मानिस भित्रिएको हेल्थ डेस्कमा रहेकी अनमी निर्मला जोशीले जानकारी दिएकी छन् । हेल्थ डेस्क बिहान ५ बजेदेखि खुल्छ । सो नाका भएर नेपाल भित्रिने नेपाली अथवा भारतीयको त्यहाँ चेकजाँच गरिन्छ ।
शनिबार १२ बजेसम्मको तथ्याङ्क अनुसार ११ हजार ६०४ जनाको स्क्रिनिङ गरिएको अनमी जोशीले जानकारी दिएकी छन् । जसमा केहीमा सामान्य ज्वरो समेत देखिएको उनको भनाइ छ । यद्यपि कतिपय व्यक्तिहरु स्क्रिनिङमा छुट्ने गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend