काठमाडौं। नेपाली सेना फोटो प्रतियोगिता २०७९ सुरु भएको छ । फोटो प्रतियोगिताको म्याद भोलि मंसिर १४ गतेसम्म मात्र रहेको नेपाली सेनाको सुचनामा उल्लेख गरिएको छ ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोश्रो हुनेलाई ३५ हजार र तेश्रो हुनेलाई २५ हजारका दरले पुरस्कार वितरण गरीने नेपाली सेनाले जनाएको छ ।
सेनाका विभिन्न गतिविधिलाई फोटोको माध्यमबाट अभिलेख राख्ने र आवश्यक परेमा उपयोग गर्न सहज बनाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।