Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् बैठक आज ५ बजे, लकडाउनबारे निर्णय हुनसक्ने


    सोमबार, साउन २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सोमबार ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

    आज बस्ने मन्त्रिपरिषद् बैठकमा लकडाउनलगायतका विषयमा निर्णय हुनसक्ने बुझिएको छ। पछिल्लो समय काठमाडौं उपत्यका लगायतका स्थानमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सोहीकारण आजको बैठकले यसबारे निर्णय गर्ने तयारी गरेको थाहा भएको छ । 

    यस अघि सरकारले भदौ १ गतेदेखि हवाई उडान र लामो दूरीका सार्वजनिक सञ्चालन गर्ने निर्णय गरेको थियो। कोरोना संक्रमण बढेकाले त्यसलाई संशोधन गरिने जनाएको छ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले परीक्षणको दायरा बढाउन र काठमाडौं प्रवेशमा कडाइ गर्न सुझाव दिएका थिए।

    प्रधानमन्त्री ओलीले सरकारले अध्ययन गरेर निर्णय गर्ने जनाएका थिए। यो अवधिमा कोरोना संक्रमणको अवस्था र नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे अध्ययन गरिएको जनाएको छ।

    अहिले परीक्षण कम भएपनि संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। प्रदेश २ का समुदायस्तरमै कोरोना फैलिएको छ भने काठमाडौं उपत्यकामा पनि संक्रमण बढेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार