Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थापाथलीस्थित सुकुबासी बस्ती हटाउन डोजरसहित महानगरको टोली एक्शनमा 


    सोमबार, मंसिर १२ २०७९
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाका कर्मचारीहरू डोजरसहित पुगेपछि उक्त क्षेत्रको माहोल बिग्रिएको छ। 

    बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले आज सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको छ। काठमाडौंको बागमती किनारका सुकुम्बासी बस्तीलाई हटाउन बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले केही दिन अघि १० दिने सूचना जारी गरेको थियो।

    त्यस्तै समितिको समन्वयनमा महानगरपालिकाले त्यहाँ डोजर चलाउन प्रहरी परिचालन गरेको हो। 

    काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार बस्ती खाली गर्न समय दिइएको थियो। तर सरकारले बस्ती हटाउने भएपछि त्यहाँ बसोबास गर्दै आएका मानिसहरू विरोधमा उत्रिएका छन्। झडप हुने सम्भावना बढेपछि बाक्लो सङ्ख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ।

    सुकुम्बासी बस्ती हटाउन डोजर बस्तीमा छिरेपछि बस्तीमा बस्दै आएकाहरुले ढुङगामुढा गरेका छन्।

    thapathali 11669626474.jpg
    undefined

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार