Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मणि थापाले ‘क्याम्प’ फेर्नुको कारण यस्तो रहेछ !


    सोमबार, साउन २६ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय नेकपा नेता मणि थापाको बोली फेरिएको छ । पूर्व माओवादी नेता उनको यतिबेला नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा पूर्णरुपमा लागेका छन् ।

    ओलीको समर्थन मात्र गरेको भए सायद उनलाई क्याम्प फेरेको आरोप लाग्दैन थियो होला, तर उनी अहिले खुलेर नै पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको विरोधमा लागेका छन् ।

    यसका लागि उनी मिडियामा उग्र अन्तर्वार्ता दिने देखि लिएर प्रचण्ड समूहको बैठक बहिष्कार गर्नेसम्मका छन् ।

    तत्कालीन नेकपा-एमाले र एनेकपा माओवादी एकीकरण हुँदा प्रचण्डले १९ जनालाई स्थायी समिति सदस्य बनाउने अवसर पाएका थिए । यसअघि माओवादी परित्याग गरेर प्रचण्डलाई च्यालेञ्ज दिएपनि प्रचण्डले मणि थापालाई स्थायी समितिमा ल्याए । यतिबेला प्रम ओली विरुद्ध प्रचण्ड, माधव नेपाललगायतका नेताहरु भिडन्तमा छन् । मणि थापा खुला रुपमै प्रम ओलीको कित्तामा उभिएका छन् ।

    राजनीतिमा कित्ता परिवर्तन गर्नुलाई नौलो मानिँदैन । मणि थापा मात्र नभइ लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका केही नेताहरु अहिले बालुवाटार कित्तामा देखिएका छन् ।

    तर मणि थापाले कित्ता परिवर्तन गर्नुको कारणको मुलकारणमा भने अलि फरक छ । विशेषगरी थापाकी श्रीमतीलाई प्रम ओलीले कुस्त पैसा आउने जागिर दिएका कारण ओलीको समर्थनमा थापाले बोली फेरेको आरोप लागिरहेको छ ।

    प्रम ओलीले माओवादी तर्फका स्थायी समिति सदस्यलाई आफ्नो पक्षमा ल्याउन यस्ता जागिर तथा मन्त्री पदसम्मको अफर दिने गरेका छन् । पत्नीले सो जागिर पाएसँगै नै मणि थापाको बोली फेरिएको नेकपाका पूर्व माओवादी समूहको आरोप छ ।

    मणि थापाकी श्रीमती अहिले विपद् व्यवस्थापन समितिमा विज्ञका रुपमा जागिरे भएकी छिन् । उनको मासिक तलब करिब डेढ लाख हुने बताइएको छ । विपद् व्यवस्थापन समितिको अध्यक्ष प्रधानमन्त्री नै छन् । 

    बोली फेरिएका मणि थापाले यतिबेला प्रचण्डको लाइन गलत रहेको खुल्ला रुपमा बताउँदै आएका छन् । प्रम ओलीलाई उनले प्रगतिशील भन्‍न थालेका छन् ।

    यस्तैगरी क्रान्तिकारी नेताको छवि बनाएका मणि थापाले कोटेश्वरमा एउटा गतिलै घर बनाउन लागेको समेत चर्चा चलेको छ । भाटभटेनी नजिकै शानदार घर बनाउन लागेका उनको फेरिएको बोली र आर्थिक हैसियतका कारण पनि उनीसँग सशंकित हुनेको संख्या बढेको बुझिएको छ ।

    यतिखेर मणि थापाको शैलीलाई ‘बाघ कराउने र बाख्रा हराउने’ प्रवत्ति देखिएको चर्चा भने नेकपाको माओवादी समूहमा बाक्लै रुपमा चल्ने गरेको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार