Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्र बैंकले ८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै 


    सोमबार, मंसिर १२ २०७९
    660
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै ८ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकको प्रकाशित सूचनामा २ वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्न लगिएको हो। 

    बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

    इच्छुक खरिदकर्तामध्ये प्रतिस्पर्धीले निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ६.८ अर्ब र  अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने जनाएको छ ।

    खरिदकर्ताले घटीमा पनि रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ रु ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउने छन् ।

    बैंकले अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारी दिएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार