काठमाडौं । चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकारविरोधी प्रदर्शन चर्किँदै गएको छ । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लागू गरिएको प्रतिबन्धको विरोधमा प्रदर्शन भएको हो।
आइतबार राति चीनको प्रमुख व्यापारिक शहर सांघाईमा प्रदर्शनमा सहभागी भएका केही पक्राउ परेका छन्।
अहिले प्रहरीले सांघाईको मुख्य प्रदर्शनस्थलमासर्वसाधारण नागरिकलाई प्रवेशमा रोक लगाएको छ । त्यो सडक आपपासमा हिँड्ने र तस्वीर लिनेलाई प्रहरीले पक्राउ गरेको छ ।
चीनको उरुम्चीस्थित एक अपार्टमेन्टमा आगलागी भएर १० जनाको मृत्यु भएलगत्तै प्रदर्शन सुरु भएको थियो । सरकारले लकडाउन गरेर घरबाहिर निस्किन नदिएकै कारण उनीहरुको मृत्यु भएको भन्दै उरुम्चीबाट सुरु भएको प्रदर्शन चीनका अन्य शहरमा पनि फैलिएको छ ।
र यो विरोध प्रदर्शन सरकारको शुन्य कोभिड नीतिको विरोधमा बदलिएको छ र प्रदर्शनकारीले राष्ट्रपति सि जिनपिङको राजिनामासमेत मागेका छन् ।