काठमाडौं। आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला तीन सय रुपैयाँले घटेको छ । बिहीबारदेखि आइतबारसम्म स्थिर रहेको सुनको भाउ सोमबार आइपुग्दा ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९७ हजार पाँच सय रुपैयाँमा किनबेच भएको छ । आइतबार यो ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको भाउ पनि घटेको छ । आइतबारको तुलनामा चाँदी तोलामा १० रुपैयाँले घटेको हो। सोमबार चाँदी तोलामा एक हजार दुई सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।