Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कतार विश्वकप: आज जापान र कोस्टारिका भिड्दै


    आइतबार, मंसिर ११ २०७९
    790
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। कतारको राजधानी दोहामा जारी २२औं संस्करणको विश्वकप फुटबलअन्तर्गत आज आइतबार समूह ई मा जापान र कोस्टारिका भिड्दै छन्। अहमद बिन अलि रंगशलामा हुने खेल जापान र कोस्टारिका नेपाली समय अनुसार दिउँसो पौने ४ बजे मैदानमा उत्रिने छन् । 

    समूह ईमा जापान ३ अङ्कसहित दोस्रो स्थानमा छ भने अंकविहिन कोस्टारिका पुछारमा छ । ३ अङ्कसहित स्पेन शीर्ष स्थानमा रहेको छ। अङ्कविहिन कोस्टारिका भने पुछारमा छ । जापानले आफ्नो पहिलो खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दा कोस्टा रिका स्पेनसँग ७–० ले पराजित भएको थियो ।

    एसियाली राष्ट्रहरु मध्ये बलियो टोलीको छवि भएको जापान अन्तिम १६ मा पुग्ने योजनामा रहेको छ।  कोस्टारिका भने नकआउट चरणमा पुग्ने सम्भावना कायम गर्न चाहन्छ ।
    जापान पहिलो पटक विश्वकपमा लगातार दुई जित निकाल्ने लक्षमा हुनेछ । जापानले विश्वकपका पछिल्ला पाँच खेलमध्ये चार खेलमा दुई गोल गरेको छ ।

    कोस्टारिका भने स्पेनसँगको खेलमा भएको गल्तीलाई सच्याएर जापानसँग प्रतिस्पर्धा गर्ने योजनामा रहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार