काठमाडौँ। आज साताको पहिलो कारोबार दिन आइतबार सुन-चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रूपैयाँ छ ।
गत साताको शुक्रबार पनि यही मूल्यमा छापावाल र तेजाबी सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । आज आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।