Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडीमा जन्ती बोकेको जिप दुर्घटना


    शुक्रबार, मंसिर ९ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी ।  बैतडीमा जन्ती बोकेको जीप दुर्घटना भएको छ ।

    शुक्रबार साँझ साढे पाँच बजेतिर पुर्चौंडीबाट जन्ती बोकेर गएको जीप सुर्नया गाउँपालिका– ८ पातलखोलामा दुर्घटनामा परेको हो । 

    प्रहरीका अनुसार सुपप्र०१००१ ज १३५४ नम्बर जीप सडकबाट १५ मिटर तल खसेको थियो । जीप दुर्घटनामा ४१ वर्षीय चालक मानबहादुर साउँद घाइते भएका छन् । घाइते साउँदको खुट्टा र कम्मरमा चोट रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता नलागेको प्रहरीले जनाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार