Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेवातालमा एक युवती मृत अवस्थामा फेला


    शुक्रबार, मंसिर ९ २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। पोखराको फेवा तालमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। पोखरा महानगरपालिका–२२ स्थित फेवातालमा डुङ्गामा चढिरहेको अवस्थामा लाइफ ज्याकेट खोली पौडी खेल्ने क्रममा गत आइतबार बेपत्ता भएकी ती युवती आज शुक्रबार मृत अवस्थामा फेला परेकी प्रहरीको भनाइ छ । मृत्यु हुनेमा रामेछाप घर भई हाल काठमाडौं बस्ने वर्ष २५ वर्षीया अस्मिता खत्री रहेकी छन्। 

    गत आइतबार फेवा तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी उनको वडा प्रहरी कार्यालय बैदाम र डिएम गोताखोर समेतको संयुक्त टोलीले खोजी गर्ने क्रममा शव फेला पारेको हो ।  

    यता पर्वतको मोदी गाउँपालिका-६ तिलाहारस्थित खेतमा वतन नखुलेकी ४५ वर्षीया बल सुब्बा गुरुङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार