Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • एभरेष्ट बैंकको दुई कर्मचारीमा कोरोना पुष्टि, मुख्य कार्यालय बन्द


    सोमबार, साउन २६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एभरेष्ठ बैंकका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै एभरेष्ट बैंकको मुख्य कार्यालय बन्द गरिएको छ।

    काठमाडौंस्थित बैंकको मुख्य कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना देखिएको हो। कर्मचारीमा कोरोना देखिएपछि सोमबार र मंगलबारका लागि कारोबार बन्द गरिएको बैंकले जनाएको छ।

    शनिबार लाजिम्पाटस्थित सबै कर्मचारीको परीक्षण गराउँदा दुई जना कर्मचारीमा पोजिटिभ देखिएको थियो। दुवै कर्मचारीलाई आइसोलेसनमा राखिएको छ।

    आइतबार बैंकको मुख्य कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएको छ। त्यसैले दुई दिनका लागि सेवा बन्द गरिएको हो। बुधबारदेखि मुख्य कार्यालयबाट सेवा सुरु हुने बैंकले जनाएको छ।

    मुख्य कार्यालय बन्द भएपनि शाखा कार्यालयबाट भने सेवा नियमित सञ्चालन भइरहेको छ। मुख्य कार्यालय बन्द भएकाले शाखा कार्यालयबाट सेवा लिन बैंकले आग्रह गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार