काठमाडौं । गण्डकी प्रदेशमा आठ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका नयाँ थपिएका संक्रमितमध्ये नवलपरासी, कास्कीका महिला र पुरुष छन् ।
यस्तै, तनुहुँको भानु र बन्दीपुरका ३४ वर्षका दुईजना पुरुष, स्याङ्जाको गल्याङकी ४५ वर्षीय महिला र पर्बतको मोदीका ५२ वर्षीय पुरुष रहेका छन् ।
यससँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ६ सय २० पुगेको छ भने १ हजार ४ सय ७० जना डिस्चार्ज भइसकेका छन् ।