Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु


    बिहिबार, मंसिर ८ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको मृत्यु  भएको छ। 

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा आज बिहान मृत्यु भएको हो। 

    उक्त दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार