Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सामाजिक सञ्जालमा जथाभावी लेख्‍ने कार्यकर्तालाई जसपाले कारबाही गर्ने


    सोमबार, साउन २६ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टीले पार्टीको आचारसंहिता तोकेको छ । हालै एकीकरण भएको सो पार्टीले आन्तरिक असहमतिलाई सामाजिक सञ्जालमा लेख्न नपाउने गरी आचारसंहिता बनाएको छ । आचारसंहित उल्लंघन गर्नेलाई कारबाही नै हुने भएको छ । 

    एकीकरणपछि बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । जसपाले चित्त नबुझेको कुरा मौखिम वा लिखित रुपमा पार्टीको बैठकमा राख्‍न सकिने जनाएको छ । सो आचारसंहिता अनुसार बहुमतद्धारा गरिएको पार्टी निर्णय र निर्देशनलाई कार्यान्वयन गर्नुपर्छ ।

    यस्तैगरी विदेश भ्रमणका सम्बन्धमा समेत आचारसंहिताले व्यवस्था गरेको छ । विदेश भ्रमणमा जानुअघि पार्टीलाई पूर्व जानकारी गराउनु पर्ने तथा अनुमति लिनुपर्ने पनि व्यवस्था रहेको छ । 

    पार्टीको तल्लो समितिले माथिल्लो समिति समक्ष समन्वय गर्नुपर्ने, अल्पमतले बहुमतको निर्णय मान्नु पर्ने, तल्लो कमिटीले माथिल्लो कमिटीको निर्णय मान्नु पर्ने, समस्त सदस्य केन्द्रीय समिति अन्तर्गत रहनपर्ने आचारसंहितामा उल्लेख गरिएको छ ।

    जसपाको नयाँ आचारसंहिताले प्रक्रियागत विषय र धारणा राख्नुपर्नेमा जोड गर्दै तल्लो कमिटीका सदस्यले माथिल्लो कमिटीमा सोझै कुरा राख्न प्रतिबन्ध लगाएको छ । 

    पार्टी सदस्यहरुले पार्टीका सैद्धान्तिक र वैचारिक अवधारणा, पार्टीको आन्तरिक एकता, पार्टी प्रतिको आफ्नो दायित्व, कर्तव्य र जिम्मेवारी, पार्टी विधान र नियमावली, पार्टी नीति र कार्यक्रम, पार्टीका निर्णय र  निर्देशन आदिको प्रतिकुल नहुने गरी काम गनुपर्ने व्यवस्था समेत जसपाले गरेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार