काठमाडौँ। आज बिहीबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेर कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज एकै दिन तोलामा एक हजार रुपैयाँले बढेको हो ।अघिल्लो दिनको तुलनामा बिहीबार छापा वाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९७ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यस्तै अघिल्लो दिन छापा वाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले बढ्दै आज ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको मूल्यमा आज तोलामा चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढ्दै एक हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।