Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अध्यागमन कर्मचारीमा देखियो कोरोना, आकस्मिकबाहेकका सेवा बन्द


    सोमबार, साउन २६ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ पुष्टि भएको छ । योसँगै विभागको सेवाहरु बन्द गरिएको छ ।

    पछिल्लो समय सरकारी कर्मचारीहरुमा नै कोरोना पुष्टि भएसँगै विभिन्न कार्यालय र विभागका कर्मचारीहरु नमूना संकलन गरिएको छ । 

    यही क्रममा अध्यागमन विभागका ५७ जनाको नमूना स्वाब संकलन गरिएको थियो । ती मध्ये ५६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ भने एकजना पोजेटिभ देखिएका हुन् ।  

    सोहीकारण तत्कालका लागि आकस्मिक बाहेक सबै सेवा बन्द गरेको विभागले जनाएको छ । विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ ।

    विमानस्थल कर्मचारीहरुको पनि नियमित रुपमा कोरोना परीक्षण भैरहेको बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार