Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मस्कले भने- ट्विटरले १६ लाख दैनिक सक्रिय प्रयोगकर्ता थप्यो 


    मंगलबार, मंसिर ६ २०७९
    830
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। ट्विटरका नयाँ मालिक एलोन मस्कले सामूहिक राजीनामाले ट्विटरमा अराजक वातावरणलाई औंल्याए पनि दैनिक सक्रिय प्रयोगकर्ताहरू बढेको दाबी गरेका छन् । एक ट्विटमा मस्कले यस्तो जानकारी गराएका हुन् । ‘ट्विटरले गत हप्ता १६ लाख दैनिक सक्रिय प्रयोगकर्ता थप्यो, जुन अहिलेसम्मकै उच्च हो,’ विद्युतीय सवारी टेस्लाका मालिकसमेत रहेका मस्कले भने ।

    केही दिनअघिमात्र मस्कले कर्मचारीहरूले टाढाबाट काम गर्न अनुमति नदिने तथा उच्च तीव्रतामा लामो समय काम गर्न आदेश दिएका थिए । उक्त आदेशले अपाङ्गता भएका कामदारमाथि भेदभाव गरेको भन्दै मस्कविरुद्ध मुद्दा दायर भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार