Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुरका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको अग्रता


    सोमबार, मंसिर ५ २०७९
    955
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । ललितपुरका ३ वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेले  सुरुवाती अग्रता लिएको छ । ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् भने नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन् । सिलवालले ६६५ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित उनी तेस्रो स्थानमा रहेका छन् ।

    ललितपुर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले १३१७ मत पाउँदा लौरो चिन्हले ८९७ र  कलमले ७७७ मत प्राप्त गरेका छन् ।

    माओवादी केन्द्रकी पम्फा भुषालले १०३ मत मात्रै प्राप्त गरेकी छन् भने त्यस्तै,  ललितपुर–३  मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले २८६ मत र अमृत खडकाले  ४९७ प्राप्त गरेका छन् ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार