Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आमनिर्वाचनमा ७ हजार २१९ पर्यवेक्षक


    शुक्रबार, मंसिर २ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सात हजारभन्दा बढी पर्यवेक्षकले पर्यवेक्षण गर्ने भएका छन् ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जना पर्यवेक्षक रहनेछन् । 

    पर्यवेक्षणका लागि ४४ वटा स्वदेशी संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकले अनुमति लिएका छन् ।

    पर्यवेक्षकले प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा पर्यवेक्षण गर्ने छन् । त्यसबाहेक नेपालस्थित १८ वटा कूटनीतिक नियोगले पनि मतदानको दिन अवलोकन गर्न जनाइएको छ ।

    ४ मंसिरमा हुने निर्वाच्नमा कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम भएका छन् । २२ हजार २ सय २७ केन्द्रबाट मतदान केन्द्र तोकिएको छ ।  प्रतिनिधिसभातर्फ २ हजार ४ सय १२ र प्रदेशसभातर्फ ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार