Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • घूस लिने अधिकृत र इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा


    आइतबार, साउन २५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज, बाँकेका साताैं तहका उद्योग अधिकृत हुकुमबहादुर ओलीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

    ठेक्का पट्टाको अनुमति–पत्र बनाइदिने भन्दै ९६ हजार ३ सय घूस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओलीलाई पक्राउ गरेको थियो । सेवाग्राहीले पेश गरेका कागजात पुरा नभएको भन्दै बाँकी रहेका कागजात पेश नगरे काम नहुने डर देखाइ घूस लिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।

    यसैबीच, अख्तियारले बाग्लुङको ढोरपाटन नगरपालिका कार्यालयका इन्जिनियर मिलन अधिकारीविरुद्ध पनि विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उपभोक्ता समितिमार्फत सडक निर्माण सम्बन्धी योजनामा भुक्तानी दिएबापत विभिन्न बहाना बनाएर १ लाख घूस लिएको अधिकारीमाथि आरोप लागेको छ । 

    उनले गुजा–सिलगुम–ओखरधारा–खोलेसिबाङ सडक निर्माण योजनाको अन्तिम मुल्याङ्कन बनाउने प्रयोजनको लागि १ लाख घूस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार