Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इन्जिनियरिङ संकायका परीक्षा स्थगित


    आइतबार, साउन २५ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं . त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले परीक्षा स्थगन गर्ने निर्णय गरेको छ।

    आज एक विज्ञप्ति निकाल्दै संस्थानले गत साउन १५ गते सूचना निकालेर भदोमा गर्ने भनिएको परीक्षा सञ्चालन हाललाई सम्भव नभएको भन्दै स्थगित गरिएको जनाएको छ ।

    ‘विश्वभर फैलिएको कोभिड-१९ को महामारीले गर्दा इ.अ.सं. अन्तर्गतका स्नातक तथा स्नाकोत्तर तहका परीक्षाहरु क्रमश भाद्र अन्तिम र तेस्रो साताबाट संचालन हुने भनि परीक्षा नियन्त्रण शाखाले साउन १५ मा सूचना प्रकाशित गरेकोमा हाल कोभिड १९ को महामारी कायमै रहेकाले इ.अ.सं. अन्तर्गतका परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएकाले उक्त परीक्षा हाललाई स्थगित गरिएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।

    त्यस्तै भदौ १ गतेबाट अनलाइन कक्षा सञ्चान गर्ने पनि विज्ञप्तिमा जनाइएको छ। अनलाइनकक्षाको विवरण भने सम्बन्धित कलेजलमा पाइने व्योहोरा सूचनामा उल्लेख छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार